
काठमाडौं, ९ भदौ । नेकपाले सबै जिल्लामा जिल्ला कमिटी गठनलाई तिव्रता दिइरहेको छ । यसैबीच नेकपाले ओखलढुंगामा पनि १ सय २६ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
नेकपाका नेता मोहनकुमार श्रेष्ठका अनुसार जिल्ला कमिटीमा पूर्वएमालेबाट ६८ जना परेका छन् भने पूर्वमाओवादीबाट ५८ जना परेका छन् ।
१ सय ३५ सदस्यीय जिल्ला कमिटी बनाउने नीति भएपनि बाँकी रहेका नौ जनालाई पछि समावेश गरिने नेता श्रेष्ठले बताए ।












प्रतिक्रिया