अमेरिका । अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्दै आएका गायक एवं संगीतकार प्रकाश खत्रीको पिउ साथी पिउ नामक श्रवण युट्युब भिडियो सार्बजनिक भएको छ ।
गायक एवं संगीतकार प्रकाश खत्रीको हावा सरी भन्ने गीत अघिल्लो हप्ता प्रदर्शित भएको थियो । यसै शृंखला अन्तर्गत अर्को गीत पिउ साथी पिउ सार्बजनिक गरिएको छ ।
खत्रीका साथी सुवास ढकाल संग एकदिन यत्तिकै बसिरहेका बेला खत्रीले गीत सुनाए । ढकालले त्यो धुन समातेर शब्दहरु भर्न थाले । र पिउं साथि पिउं –एउटा रमाइलो, नांचगान गर्न मिल्ने गीत लेखे ।
लेख्दै जाँदा त्यो गीतलाई केही संदेश संदेशमुलक पनि बनाउन उनले चाहे ।अनि त्यसै अनुसार लेखिदिए गीत । एकचोटीको जीवन हो, मिलिजुली बाचौं, रिस राग त्यागेर, मनमुटाव बिर्सेर अघि बढौं – यस्ता सन्देशहरु दिन खोजिएको छ यो गीत मार्फत ।
महिला सशक्तिकरणको कुरा गरिएको छ गीतमा । कोही भन्दा कोही कम छैन भन्ने संदेश दिन खोजिएको छ यो गीत मार्फत ।















प्रतिक्रिया