५ कार्तिक २०८३, बिहिबार

अभिनेत्री माधुरीको भिडियो भाइरल

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री माधुरी दीक्षितको डान्स भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सन् १९६० को चर्चित फिल्म ‘मुगल ए आजम’को ‘मोहे पनघट पे नन्दलाल’ बोलको गीतमा माधुरीले जबर्जस्त नृत्य गरेकी छिन् ।

गीतको असली भिडियोमा ५८ वर्षअघि मधुवालाले नृत्य गरेकी थिइन् । फिल्ममा मधुवालाले अनारकली नामक नृत्यांगनाको भूमिका निर्वाह गरेकी छिन् ।

फिल्म रिलिज भएको ५८ वर्षपछि मधुवालाप्रति सम्मान प्रकट गर्न माधुरीले यस गीतमा नृत्य गरेकी हुन् । यो नृत्य उनले रियालिटी सो ‘डान्स दिवाने’को सेटमा गरेकी हुन् । यस सोमा उनी निर्णायकको भूमिका छिन् । एजेन्सी