
काठमाडौं, ८ भदौ । यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७.७९ अंकले घटेर शुक्रबार ११७८.५० अंकमा आइपुगेको छ । बजारमा ‘क’ वर्गका कम्पनीहरुको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.५४ अंकले घटेर २४८.९९ अंकमा झरेको छ ।
यस साता नेपाल धितोपत्र बोर्डमा १८५ कम्पनीहरुको कारोबार भयो । यस साता १६ हजार ६२० कारोबार भए । जसमा एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ बराबरका ४४ लाख २१ हजार नौ सय ५० कित्ता सेयरहरु किनबेच भएका छन् ।
यस साता कारोबार रकम गत साताको भन्दा १७.८४ प्रतिशतले कम भयो । गत साता पनि १८५ कम्पनीहरुको सेयर किनबेच भएको थियो । जस अनुसार २२५२० कारोबारबाट एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु किनबेच भएका थिए ।
यो साता कारोबार रकमको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा रहन सफल भएको छ । एनएमबी बैंकको ६ करोड ६१ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो । त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस बैंकको २ लाख १३ हजार कित्ता सेयर कारोबार भयो । सेयर संख्याको आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शीर्षस्थानमा रहेकव छ । यसको ५७९ वटा सेयर कारोबार भयो ।















प्रतिक्रिया