२ कार्तिक २०८३, सोमबार

घलेम्दी हाइड्रोले आइपीओ निष्काशन गर्ने, सर्वसाधारणले कति पाउँछन् ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । घलेम्दी हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

हाइड्रोपावर कम्पनीले कुल १५ लाख ५५ हजार कित्ता आइपीओका लागि बोर्डमा निवदेन दिएको हो । सेयर निष्काशनका लागि कम्पनीले भिवोर क्यापिटललाई बिक्री प्रबन्धन नियुक्ती गरिसकेको छ ।

पाँच मेगावट क्षमताको जलविद्युत आयोजनाको लागत प्रतिमेगावट हुने १८ करोड ८० लाख हुने अनुमान गरिएको छ ।

५ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावितका लागि निष्काशन हुनेछ भने १५ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणका लागि निष्काशन हुने कम्पनीले जनाएको छ ।