मुम्बई । बलिउड अभिनेता अरवाज खानले दोस्रो विवाह गर्ने तयारी गरेका छन् । सलमान खानका भाई समेत रहेका अरबाजले पत्नी मलाइका अरोडासँग डिभोर्सपछि एक्लो जीवन बिताइरहेका थिए । उनले आफ्नी प्रेमिका जर्जिया एड्रियानासँग बिहे गर्ने मुड बनाएका छन् ।
मलाइकासँग डिभोर्सपछि जर्जियासँग नजिकिएका थिए अरबाज । उनीहरू अब एक–अर्कासँग छुट्टनि नसक्ने अवस्थामा पुगिसकेको बताइन्छ । अरबाज जर्जियालाई चाँडै आफ्नो घरमा भित्र्याउन चाहन्छन् । तर, यसमा उनको परिवार तगारो बनेको छ ।
दाई सलमान खान बलिउडकै टप हिरो भए पनि अरबाजले खासै केही गर्न सकेनन् । उनी अहिले पनि सलमानमाथि नै निर्भर छन् । मलाइकाले सलमानको भाई भएकै कारणले अरवाजसँग बिहे गरेकी थिइन् । अरबाजले आफ्नो छुट्टै करिअर बनाउन नसकेपछि उनी निराश भएकी थिइन् । उनीहरूको डिभोर्सको मुल कारण पनि यही थियो ।
अरबाजको परिवार चाहँदैन कि उनको अर्को बिहे पनि असफल बनोस । त्यसैले उनीहरूले अरबाजलाई अहिले अर्को बिहे नगर्न सल्लाह दिएका छन् । सलमान पनि चाहन्छन् कि भाईले आफनो छुट्टै पहिचान बनाउन् ।
अरवाज अहिले ५१ वर्ष पुगिसकेका छन् । उनले आफ्नो होम प्रोडेक्सन फिल्मबाहेक अरु फिल्ममा काम पाउँदैनन् । उनको होम प्रोडक्सन फिल्म पनि सलमानकैकारण टिकिरहेको छ ।
यो उमेरमा आएर उनले अब बलिउडमा आफूलाई नयाँ जोशका साथ अघि बढाउन कठिन छ । उनी दोस्रो बिहेपछि आफ्नो लक लाग्छ कि भन्ने आशामा छन् । उनकी प्रेमिका जर्जिया पनि एक असफल अभिनेत्री हुन् । उनले केही बलिउड फिल्ममा काम गरे तापनि खासै चर्चा पाउन सकेकी छैनन् ।















प्रतिक्रिया