२ कार्तिक २०८३, सोमबार

सिभिल बैंकले शुरु गर्‍यो अनलाईन फि पेमेन्ट सेवा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ७ भदौ । सिभिल बैंकले आफ्ना सबै शाखाहरु मार्फत अबअनलाईन फि पेमेन्टको सुविधा सुचारु गरेको छ ।

विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै सिभिल बैंकले सो सेवाको सुरुवात गरेको हो । विद्यार्थीहरुले विदेशमा बुझाउनुपर्ने शुल्कहरु अब सिभिल बैंक मार्फत सहज भुक्तानी गर्न सक्ने छन् ।

विदेशमा अध्ययन गर्न जानको लागि दिनुपर्ने अनिवार्य परिक्षाहरु SAT, GRE, GMAT,ACT, USMLE को रेजिस्ट्रेसन शुल्क सिभिल बैंकका शाखाहरुवाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

सिभिल बैंकको देशभरका ६८ वटा मध्ये ग्राहकहरmलाई पायक पर्ने कुनै पनि शाखा मार्पmत भुक्तानीगर्न सक्ने बैंकले जनाएको छ ।