२ कार्तिक २०८३, सोमबार

आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीच नगदरहित सेवा सम्झौता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नगदरहित अन्तरंग सेवास्वास्थ्य बीमा योजना ल्याएको छ । स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ उक्त सेवा ल्याएको आइएमईले जनाएको छ ।

उक्त सेवालाई प्रदेशिक तहमा समेत विस्तार गर्ने उदेश्य सहित यस आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्सा विच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंजबाट नगद रहित अन्तरंग सेवा प्राप्त हुनेछ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंजका तर्फबाट निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गरेका छन् ।