२ कार्तिक २०८३, सोमबार

यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  ७ भदाै । अमेरिका लगायत केही राष्ट्रको विनिमयदर बिहीबार स्थिर भएको छ। अमेरिकी १ डलरको खरिददर १ सय ११ रुपैयाँ ४० पैसा छ भने बिक्रिदर १ सय १२ रुपैयाँ कामय भएको छ।

साउदी अरबियन रियाल १ को खरिददर २९ रुपैयाँ ७० पैसा छ भने बिक्रीदर २९ रुपैयाँ ८६ पैसा कायम भएको छ। कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६० पैसा छ भने बिक्रीदर ३० रुपैयाँ ७६ पैसा रहेको छ।

संयुक्त अरब इमिरेट्स (युएई दिह्राम) १ को खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रिदर ३० रुपैयाँ ४९ कायम भएको छ। मलेसियन रिङ्गेट १ को खरिददर २७ रुपैयाँ १९ पैसा छ भने बिक्रीदर २७ रुपैयाँ ३३ पैसा कायम भएको छ।

युरोपियन युनियनलगायत केहीको भने बिहीबार महंगो भएको राष्ट्र बैंकले जनाएको छ। युरोपियन युरो १ को खरिददर १ सय २९ रुपैयाँ ३३ पैसा छ भने बिक्रीदर १ सय ३० रुपैयाँ ३ पैसा छ। पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ४३ रुपैयाँ ७७ पैसा छ भने बिक्रीदर १ सय ४४ रुपैयाँ ५४ पैसा कायम छ। अष्ट्रेलियन डलरको खरिददर ८्र२ रुपैयाँ २ पैसा र बिक्रीदर ८२ रुपैयाँ ४६ पैसा कायम भएको छ।

जापान र दक्षिण कोरियाको विनिमयदर बुधबारभन्दा बिहीबार सस्तो भएको छ।

जपानिज यन १० को खरिददर १० रुपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ १६ पैसा कायम भएको छ। दक्षिण कोरिया वान १ सयको खरिददर ९ रुपैयाँ ९६ छ भने बिक्रीदर १० रुपैयाँ १ पैसा रहेको केन्दि«य बैंकले जनाएको छ।

यसैगरी छिमेकी भारतसँग छिमेकी राष्ट्र भारतसँग भने स्थिर विनिमयदर रहेको छ। राष्ट्र बैंकले विनिमयदर तोकेपनि निजी बैंकले भने केही रकम महंगोमा बिक्री गर्ने छन् ।