
काठमाडौं, ५ भदौ । मंगलबार सेयर बजार परिसूचक नेप्से ४.१८ अंकले घटेर ११८३.८९ अंकमा आइपुगेको छ । बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.८३ अंकले घटेको छ ।
बजारमा व्यापारिक, जलविद्युत्, नन लाइफ इन्स्योरेन्स र अन्य समूहको परिसूचक भने बढेको छ । अन्य सबै समूहको परिसुचक घटेको छ ।
आज बजारमा १६१ कम्पनीको ५ लाख ७० हजार १७३ कित्ता सेयर ३ हजार २२४ पटक कारोबार किनबेच हुँदा १७ करोड ९५ लाख ५८ हजार रुपैंया बराबरको कारोबार भएको छ ।















प्रतिक्रिया