
काठमाडौं, ५ भदौ । मंगलबार पनि सुनको मूल्यमा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५५ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ५ सयमा किनबेच भइरहेको छ ।
आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया