
काठमाडौं, ४ भदौ । गण्डकी विकास बैंकका ग्राहकले नेपाल मेडिसिटी हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । बैंकका एटीएमधारी ग्राहक, बैंकका कर्मचारी र उनीहरुका परिवारले काठमाण्डौं स्थित मेडिसिटीमा उपचार गराउँदा छुट पाउने भएका हुन् ।
बैंक र हस्पिटलबीच एक सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको छ । एक कार्यक्रमकाबीच गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट जनरल म्यानेजर विजय रिमालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।
बैंकका ग्राहकले आफ्नो एटीएम कार्ड लिएर गएमा उनीहरुको परिवार समेतलाई उपचार खर्चमा तोकिए बमोजिमको छुट हुने बैंकले जनाएको छ ।















प्रतिक्रिया