२ कार्तिक २०८३, सोमबार

विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि यस्ता छन् एकेडेमिक एम्वेसियनका सुझावहरू

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । अध्ययनका लागि विदेश जाने विद्यार्थी बेलाबेला धोका पाएर हैरान हुने गरेका छन् । आफू अध्ययन गर्न जाने देश र कलेजका बारेमा राम्रोसँग जानकारी नपाउँदा थुप्रै नेपाली विद्यार्थीले विदेशमा दुःख कष्ट सहनु परेका छन् ।

विद्यार्थीलाई पर्ने दुःख कष्टबाट जानकार रहेको पुतलीसडकको एकेडेमिक एम्वेसियन क्सल्टेन्सीले सेवा प्रदान गर्दै आएको छ । एम्वेसियनले अहिलेसम्म दिएको सेवाबाट विद्यार्थी र अभिभावकहरूलाई सन्तुष्टि दिएको म्यानेजिङ डाइरेक्टर रोशन मैनालीले बताए । उनले विद्यार्थीका लागि आवश्यक पर्ने लोनप्रोसेसिङ पनि गर्ने गरेको बताए ।

विदेश जानुभन्दा अगाडि के गर्नुपर्छ भन्ने प्रश्नको एकेडेमिक एम्वेसियन पुतलीसडकका एकेडेमिक कन्सुलर रवि अग्रहरीले आफू जाने कलेज र देशका विषयमा गहन अध्ययन गर्नुपर्ने बताउँछन् । भन्छन्, ‘विदेश पढ्न जाने धेरै विद्यार्थी छन् । तर, कलेज र देशको सही ज्ञान नलिँदा समस्या हुनेगर्छ ।’ अग्रहरीले राम्रो अंक ल्याउने विद्यार्थीलाई स्कलरसिपको लागि पनि प्रयास गर्ने गरिएको बताए ।

अध्ययन गर्ने विषय, कलेज, भाषाको ज्ञान आदि हेरेर न्यूनतम दशदेखि २० लाखसम्म खर्च लाग्ने अग्रहरीको भनाइ छ । ‘केही कन्सल्टेन्सीका कारण राम्रो काम गर्नेहरूको पनि नाम खराब भएको छ’, एकेडेमिक कन्सुलर अग्रहरीले भने, ‘हामीले अहिलेसम्म विद्यार्थीले भनेअनुसारकै सेवा दिएका छौँ ।’

एकेडेमिक कन्सल्टेन्सीले अष्ट्रेलिया, फ्रन्स र अमेरिकामा विद्यार्थी अध्ययनका लागि पठाउने गर्छ । एकेडेमिकले सबैभन्दा धेरै विद्यार्थी अस्ट्रेलिया पठाएको अनुभव छ । अमेरिका र फ्रान्समा पनि विद्यार्थी जाने गरेको अग्रहरीले बताए ।

एकेडेमिक कन्सल्टेन्सीले अस्ट्रेलियामा विज्नेश, आइटी, हस्पिलाटी म्यानेजमेन्ट, चाइल्ड केयर, नर्सिङ, एज केयर, इञ्जिनियरिङ, डेन्टल, एकाउन्ङि, फेसन डिजाइनिङमा आदिमा विद्यार्थीलाई अध्ययनका लागि पठाउने गरेको छ ।

अमेरिकामा भने कम्युटर साइन्स, एग्रिकल्चर, आइटी, म्यानेजमेन्ट, वातावरण आदि विषयमा एकेडेमिक एम्वेसियनले काम गर्दै आएको अग्रहरीले बताए । उनका अनुसार फ्रन्समा आइटी, म्यानेजमेन्ट, फेसन लगायतका विषयमा काम हुँदै आएको छ ।