५ कार्तिक २०८३, बिहिबार

हलिउड फिल्म एभेञ्जर्सद्वारा विश्व कीर्तिमान राख्न सफल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । रिलिज भएको तेस्रो साता नपुग्दै हलिउड फ्रान्चाइज फिल्म ‘एभेञ्जर्स : इनफिनिटी वार’ विश्वव्यापीरूपमा सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान राख्न सफल भएको छ ।

फिल्मले गतिलो व्यापार गर्ने पूर्वाअनुमान गरिएको भएपनि फिल्मले ऐतिहासिकरूपमा नै सर्वकालीन व्यापार गर्ने पाँचौ सिनेमा बनेर सबैलाई चकित पारेको छ । फिल्मले हालसम्म १.६ बिलियन अमेरिकी डलर कमाइ गरिसकेको छ ।

सर्वाधिक व्यापार गर्ने फिल्मको सूचिको माथिल्लो क्रममा क्रमशः ‘अवतार’, स्टार वार्स : द फोर्स अवेक्नस’ तथा ’जुरासिक वल्र्ड’ फिल्म रहेका छन् । यसले सर्वाधिक छिटो एक बिलियन डलर कमाउने फिल्ममा ‘स्टार वार्स : द फोर्स अवेकन्स’लाई एक दिनले उछिन्न पनि सफल भएको छ । एजेन्सी