
चितवन । बिमल अमगाई र सम्पदा अमगाई ‘चितवन प्लस टु अफ द ईयर २०१८’ को बिजेता बनेका छन् । टप वान मिडिया प्रालि चितवनको आयोजनामा भएको ‘चितवन प्लस टु अफ द ईयर २०१८’ मा बिमल र सम्पदा उत्कृष्ट घोषित भएका हुन् ।
प्रतियोगितामा महिला तर्फ फस्र्ट रनरअपमा गीता शर्मा तथा सेकेण्ड रनरअपमा ज्योति खड्काथोकिले ताज जित्न सफल भएका थिए भने पुरुष तर्फ राजेश सुनार फस्र्ट रनरअप भएका छन् ।
चितवनको नारायणगढमा सम्पन्न भएको सौन्दर्य प्रतियोगिता भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले गरिएको आयोजकले जनाएको छ । सर्वोत्कृष्ट बनेका बिमल र सम्पदाले नगद दश हजारको साथमा क्राउन, ट्रफी तथा गिफ्ट प्राप्त गरेका छन् ।
प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो । उक्त कार्यक्रमको संचालन सञ्चारकर्मी रामकान्त पौडेलले गरेका थिए ।















प्रतिक्रिया