२ कार्तिक २०८३, सोमबार

यस्तो छ तीन राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति स्थिति

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । संस्कृति तथा पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनामा रहेका तीन वटा विमानस्थलको प्रगति विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलको भौतिक प्रगति ३९.४४ प्रतिशत भएको छ भने वित्तीय प्रगति १७.६२ प्रतिशत भएको भएको छ । आयोजनाका लागि निर्माण मोडालिटी तय गर्न नसकेको र पूर्व तयारी नभएका कारण निर्माण कार्यमा ढिलाई भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै अर्को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि सुस्त देखिएको छ । हालसम्मको भौतिक प्रगति १५ प्रतिशत मात्रै भएको छ भने वित्तीय प्रगति ३०.०४ प्रतिशत भएको छ । पहिलो डिस्ब्रुस्मेन्ट दिन नीतिगत ढिलाई भएको कारण निर्माण कार्यमा पनि समस्या देखिएको बताइएको छ । अहिले भने निर्माण कार्य द्रुत गतिमा अघि बढेको मन्त्रालयले जानकारी दिएको छ ।

कुल १३ अर्ब ६१ करोड लागतमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भने प्रगतिमा केही सुधार देखिएको छ । मन्त्रालयका अनुसार आयोजनाको भौतिक प्रगति ५० प्रतिशत भइसकेको छ भने ६६.६३ प्रतिशत प्रगति भइसकेको छ । सन् २०१८ काे जुन १५ सम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो तर सो अवधिमा सम्पन्न हुन नसकेपछि सन् २०१९ जुन २८ सम्ममा सक्नुपर्ने गरी दोस्रो पटक म्याद थप गरिएको थियो ।