२ कार्तिक २०८३, सोमबार

पेट्रोलियम पदार्थको खपत २० प्रतिशतले बढ्यो, भण्डारणको समस्या ज्यूँका त्यूँ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । नेपालमा पेट्रोलियम पदार्थको खपत दिनानुदिन बढ्दो छ । गत आर्थिक वर्ष अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले पेट्रोलियम पदार्थको खपत बढेको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको खपत बढिरहँदा भण्डारको भने समस्या ज्यूँका त्यूँ छ । भण्डारमा केही दिनमात्र आयातमा आए देशैभर पेट्रोलियम पदार्थको हाहाकार हुने निगमले बताएको छ ।

नेपाल आयल निगमको भण्डारण क्षमता निकै कम छ । भण्डार भएका पेट्रोल करिब पाँच दिनलाई मात्र पुग्छ । त्यस्तै डिजल ८ दिनलाई पुग्छ भने हवाई इन्धन मात्र १० दिनलाई पुग्ने बताइएको छ ।

नेपाली मुद्रा अन्तर्राष्ट्रिय बजारमा अवमूल्यन हुँदा पेट्रोलियम पदार्थको मूल्य पनि बढिरहेको छ । मुद्रा अवमूल्यनकै कारण निगमले प्रतिमहिना लगभग ६० करोड घाटा भइरहेकव छ ।