४ कार्तिक २०८३, बुधबार

व्यवसायीलाई गर्भनरको जवाफ-निर्यात हाउसमार्फत सुन माग्नुस्, जतिपनि दिन तयार छौं

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले सुनचाँदी व्यवसायीहरुले निर्यात हाउसमार्फत निर्यात गर्ने भए जतिपनि सुन दिन तयार रहेको बताएका छन् ।

आइतबार नेपाल रत्न तथा आभुषण संघको १४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले मौद्रिक नीतिमै निर्यात गर्ने गरगहनालाई सुविधका दिएको बताउँदै यस्तो बताएका हुन् ।

उनले सुनचाँदी व्यवसायीलाई एक्पोर्ट हाउस खोलेर सुन माग्न आउन आग्रह गरे । उनले भने, ‘एक्सपोर्ट हाउस खोल्नुस् र हामीलाई यति केजी सुन चाहियो भन्नुस् हामी दिन तयार छौं ।’

उनले सुनचाँदीसँग सम्बन्धित संघहरु धेरै भएकाले जुटेर आई सुन माग गर्न भने ।