
काठमाडौँ, ३ भदौ । म्याग्दीको वावियाचौर गाउँपालिकामा अवस्थित म्याग्दी खोलाको पानीबाट २५ मेगावाट बिजुली निकालिने भएको छ ।
धौलागिरी कालिका हाईड्रो लिमिटेडले ‘दर्वाङ म्याग्दी जलविद्युत परियोजना’ निर्माण गर्ने भएको हो । परियोजनामा लगानी गर्न प्रवर्द्धक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको हो ।
परियोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी, मुक्तीनाथले अधिकतम सत्तरी प्रतिशत लगानी गर्ने छन् ।
परियोजना सम्पन्न हुन तीन वर्ष लाग्ने र परियोजनाले वार्षिक पन्ध्र करोड युनिट बिजुली उत्पादन गर्ने योजना रहेको छ ।















प्रतिक्रिया