काठमाडौं, ३ भदौ । एन आई सी एशिया बैंक लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज, थापाथलीबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकहरूलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयेन्द्र रावल र हस्पिटलको तर्फबाट नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया