
काठमाडौं, १ भदौ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष ०७४/०७५ मा ३३ अर्ब ८१ करोडकाे बिजुली किनेको छ । यो रकम कुल आम्दानीको ५५.९१ प्रतिशत हो । प्राधिकरणले गत वर्ष भारत र नेपालका निजी क्षेत्रबाट बिजुली किनेको थियो । प्राधिकरणले बिजुलीका लागि १९ अर्ब २७ करोड भारतलाई तिरेको छ ।
प्राधिकरणले भारतबाट बिजुली औसत प्रतियुनिट ७ रुपैयाँ ४७ पैसामा खरिद गर्छ नेपालका निजी क्षेत्रबाट औसत प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा बिजुली किन्ने गरेको छ । उपभोक्तालाई भने प्राधिकरणले औसत प्रतियुनिट १० रुपैयाँ लिने गरेको छ ।
प्राधिकरणको गत वर्षको कुल आम्दानी ६० अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्ष कुल आम्दानी ५१ अर्ब ७० करोड थियो ।
प्राधिकरणका अनुसार राष्ट्रिय प्रणालीबाट बिजुली उपभोग गर्ने जनसंख्या ७० प्रतिशत छ । गत आर्थिक वर्ष १२.७९ प्रतिशत बिजुलीको माग बढ्यो । बिजुलीको माग बढेर ७ अर्ब ५ करोड ७९ लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यसअघि ६ अर्ब २५ करोड ७७ लाख युनिट बिजुली माग भएको थियो ।
माथिल्लो तामाकोशीले बिजुली उत्पादन गर्न थालेपछि वर्षायाममा भारतबाट बिजुली किन्न नपर्ने प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोशी जलविद्युतको क्षमता ४५६ मेगावाट गरेको छ ।















प्रतिक्रिया