२ कार्तिक २०८३, सोमबार

सिटिजन्स बैंकको ब्रान्ड एम्बेसडरमा ज्ञानेन्द्र मल्ल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई ब्रान्ड एम्बेसडर घोषणा गरेको छ ।

बैंकले आफ्नो ब्रान्ड प्रवर्द्धनका लागि शुक्रबार बैंकको मुख्य कार्यालय भवन नारायणहिटीमा आयोजित कार्यक्रममा मल्ललाई एक वर्षका लागि अनुबन्ध गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले मल्ललाई ब्याट हस्तान्तरण गरी बैंकको ब्रान्ड एम्बेसडर घोषणा गरेका हुन् । नेपालका ‘सुपरस्टार’खेलाडीलाई बैंकसँग आबद्ध गराउन पाउँदा बैंकको लोकप्रियता तथा व्यवसायिकता अभिवृद्धिमा मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।

भण्डारीले बैंकको ब्रान्ड एम्बेसडर मल्लको अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरको खेलहरुमा थप सफलताको शुभकामना समेत व्यक्त गरे । बैंकले खेल जगतको प्रवर्द्धनका निम्ति यसअघिघ पनि विभिन्न कार्यक्रमहरू संचालन गरिसकेको छ । बैंकले खेलाडीहरुको मनोबल उच्च राख्न विभिन्न समयमा अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका खेलाडीहरूलाई सहयोग गर्दै आएको छ ।

बैंकले आरम्भदेखि नै वार्षिक रूपमा टेनिस र गल्फ खेलको प्रतियोगिता संचालन गर्दै आएको छ । ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि राष्ट्रिय क्रिकेट टिमका उपकप्तान मल्लले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले खेल प्रवर्द्धनको लागि देखाएको अग्रसरता प्रशंसायोग्य रहेको र नेपालको जुनसुकै खेललाई माथि उठाउन कर्पाेरेट क्षेत्रहरुको आवश्यकता रहेको औंल्याए ।

नेपाली क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका मल्लले बैंकको प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिए ।