
काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला अमेरिकी गायक निक जोनससँगको अफेयरका कारण चर्चामा छिन् । यी दुईको प्रेम सम्बन्धले बलिउड बजार गर्माएको छ ।
प्रियंका सलमानको फिल्म ‘भारत’बाट बाहिरिएकी थिइन् । जसको कारण विवाह भएको अनुमान लगाइएको थियो । स्मरण रहोस् निकसँग प्रियंकाले इंगेजमेन्ट भइसकेको छ ।
केही दिनअघि निकको परिवार भारत आउने खबर बाहिर आएको थियो । तर, अहिले निक र उनको परिवार मुम्बईमा देखिएका छन् । यस क्रममा निक बुबाममीसँग देखिएका थिए ।

उनीहरुलाई लिन प्रियंका एयरपोर्टमा पुगेकी थिइन् । मिडियासामु उनीहरु सबैले खुलेरै पोजसमेत दिए । प्रियंकाले निकको परिवार र आफ्ना केही साथीहरुका लागि इंगेजमेन्ट पार्टी दिँदैछिन् ।
मिडिया रिपोर्ट्सका अनुसा अगस्ट १८ मा प्रियंकाले इंगेजमेन्ट पार्टी राखेकी छन् । त्यस दिन प्रियंकाले निकसँगको सम्बन्धलाई औपचारिक रुपमा खुलाउन सक्नेछिन् । बताइएअनुसार यी दुईले अक्टोबरमा विवाह गर्न सक्नेछन् ।















प्रतिक्रिया