
काठमाडौं, ३१ साउन । एनएमबी बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारण सभा बिहीबार एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ ।
नेपाल प्रशासनिक प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल ललितपुरमा भएको कार्यक्रमको अध्यक्षता संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणले गरेका थिए ।
साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७३÷७४ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ ।
यस्तै ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने पनि निर्णय भएको बैंकले जनाएको छ ।















प्रतिक्रिया