१ कार्तिक २०८३, आइतबार

अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता शुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौं, ३१ साउन । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन त्रिचन्द्र क्याम्पस इकाई समितिको आयोजनामा बिहीबारबाट काठमाण्डौमा अन्तर क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

उपत्यकाका १४ वटा क्याम्पसका टोलीहरुको सहभागिता रहेको प्रतियोगीहरुको बिहीबार राप्रपा सहायक महामन्त्री एवं संगठनका पूर्व केन्द्रीय अध्यक्ष राजाराम बर्तौलाले उद्घाटन गरे । सो अवसरमा वर्तौलाले खेलकुदको माध्यमबाट युवापुस्तालाई सकारात्मक र रचनात्मक हुन प्रेरणा दिने बताउँदै शारिरिक र मानसिक रुपमा पनि स्फुर्ति बनाउने तथा क्रिकेटको भविष्य उज्वल भएको हुँदा यस खेलमा संलग्न सवैलाई शुभकामना दिए ।

संगठनका अध्यक्ष महेश बहादुर सिंहले बलिङ्ग र राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले ब्याटिङ्ग गरी शुभारम्भ भएको खेल प्रतियोगिता ३ दिनसम्म चल्ने संगठनका प्रवक्ता छत्र कठायतले जानकारी दिए ।