५ कार्तिक २०८३, बिहिबार

गम्भीर रोगसँग लडिरहेका इरफानले लिए यस्तो निर्णय

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेता इरफान खान यतिबेला लंडनमा उपचार गरिरहेका छन् । उनमा ‘न्यूरो इंडोक्राइन ट्यूमर’ नामक रोग लागेको छ । उनले आफ्नो रोगको उपचार अनुसार आगामी दिनबारे निर्णय लिनेछन् । बताइएअनुसार इरफानले एआईबीको वेब सिरिज गोरमिंट छोडिदिएका छन् । यस सिरिजलाई अमेजन प्राइम ब्यानरले बनाइरुहेको थियो । उनले सामाजिक सञ्जाल फेसबुकमा एक नोट लेखेर वेब सिरज छोडेको जानकारी दिएका हुन् ।

स्मरण रहोस् इरफानको छैटौं तथा अन्तिम किमो गरिएको थियो । यसअघि उनले पाँच किमो फेस गरिसकेका छन् । यसै कारण इरफान हालका दिनमा कमजोर भएका छन् । खबरका अनुसार पाँचौं किमोपछि उनको शरीरमा त्यति उर्जा छैन ।

इरफानले यस गम्भीर रोगको खुलासा एक ट्वीटबाट गरेका थिए । इरफानले ट्वीट गर्दै लेखेका थिए, ‘जिन्दगीमा अचानक केही यस्तो हुन्छ जसले तपाईलाई अगाडी लैजान्छ ।’

इरफानले भनेका थिए, ‘यस्तोमा तपाई म चिन्तन गर्न छाडिदिनुहुन्छ । योजना बनाउन छोडिदिनुहुन्छ । तपाई जीवनको अन्य पक्षहरु हेर्न सुरु गर्नुहुन्छ । मैले जीवनमा धेरै थोक पाएँ । यी सबका लागि मसँग मात्र एक शब्द छ, यो दोस्रो । ‘

इरफान ने कहा था, “ऐसे में आप च‍िंतन करना छोड़ देते ह‍ैं, प्लान‍िंग करना बंद कर देते हैं। आप जीवन के दूसरे पहलुओं पर गौर करने लगते हैं। मुझे जीवन में बहुत कुछ मिला है। इन सबके लिए बस मेरे पास एक ही शब्द है, धन्यवाद । मलाई जीवनसँग केही पनि इच्छा छैन । मलाई अब केही प्रार्थना गर्नु छैन ।’