
काठमाडौं, ३१ साउन । बिहीबार पनि सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ४ सयले घटेको हो । आझ छापावाला सुन प्रतितोला ५५ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ३ सयमा किनबेच भइरहेको छ ।
चाँदीको मूल्यमा पनि आज कमी आएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ७१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया