
काठमाडौँ, ३१ साउन । लक्ष्मी बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा करिब १७ करोड नाफा बढाएको हो ।
यद्यपी, सहायक कम्पनी घाटामा जाँदा लक्ष्मी ग्रुपको नाफा १ अर्ब १६ करोड मात्र छ । बैंकको सेयर पुँजी ८ अर्ब २२ करोड रुपैयाँ छ भने संचित कोषमा ३ अर्ब ५६ करोड छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९ पैसा छ ।
गत वर्षको नाफाबाट बैंकले करिव १० प्रतिशत लाभांश दिन सक्ने बताइएको छ । पुँजी प्रयाप्तता अनुपात १२.६० प्रतिशत भएकोले बैंकले सेयरधनीलाई बोनस सेयर दिन सक्ने सम्भावना रहेको छ ।
असार मसान्तमा बैंकको वासलात ८३ अर्ब ५६ करोड रुपैयाँ भएको छ भने निक्षेप ६८ अर्ब, कर्जा सापटी ६३ अर्ब, सेयर लगानी ७ अर्ब रुपैयाँ छ ।
बैंकको खराव कर्जा १.२८ प्रतिशत छ । सीडी रेसियो ७९.४५ प्रतिशत छ भने बेसरेट ११.८३ प्रतिशत रहेको बैंकले जनाएको छ ।















प्रतिक्रिया