
काठमाडौं, ३१ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा १५ प्रतिशत बढेको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०७४÷०७५ मा ४७ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । यो कम्पनीको बिमाङकीय मूल्यांकन अघिको हो । मूल्यांकनपछि नाफा अझ बढ्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले बताए ।
कम्पनीले लगानी, कर्जा तथा अन्य ३ अर्ब ९७ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष २ अर्ब ५० करोड २७ लाख रुपैयाँ मात्र आम्दानी भएको थियो ।
अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ६५ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्ष कम्पनीले ९९ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बीमा शुल्क आर्जन ३२.३३ प्रतिशत बढेर १६ अर्ब १ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १२ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको कम्पनीले जनाएको छ ।
हालसम्म कम्पनीले ६८ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको घोषित बोनसदर प्रतिहजार ६२ देखि ८२ रुपैयाँसम्म रहेको छ ।















प्रतिक्रिया