५ कार्तिक २०८३, बिहिबार

मासकम्युनिकेसन पढेका सापकोटा यसरी बने संगीतकार

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केशव सापकोटालाई पत्रकार बन्ने ठूलो धोको थियो । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा मासकम्युनिकेशन उत्तीर्ण गरेका सापकोटालाई त्यति बेला झट्का लाग्यो जब उनले रोजगारीका लागि निवेदन दिएका थिए ।

काठमाडौंको एउटा टेलिभिजनमा रोजगारीका लागि पुगेका सापकोटालाई आठ हजार तलव प्रस्ताव गरिएको थियो ।

मासकम्यनिकेश अध्ययन गरेपछि ठूलो र राम्रो पत्रकार बन्ने सपना देखेका सापकोटालाई आठ हजार तलव मन परेन । त्यसपछि उनले पत्रकारिता नै गर्दैन भनेर बाटो परिवर्तन गरे । अहिले सापकोटा लोक तथा दोहोरी र आधुनिक संगीतमा राम्रो सम्भावना बोकेका संगीतकार एवम् गीतकारमा पर्छन् ।

स्याङ्जा जिल्लाको आरुचौरमा जन्मिएका सापकोटा अहिलेका चलेका संगीतकार एवम् गीतकारभित्र पर्छन् । पत्रकार बन्ने धोका चत्रक्कै छाडेका सापकोटाले ०६७ सालमा जनता डिजिटल एण्डस् फिल्मस् कम्पनी दर्ता गराए । अहिले उनले आफ्नै कम्पनीमार्फत १३ सयभन्दा धेरै लोक तथा दोहोरी गीतहरू तयार गरेका छन् । गीतसंगीतको प्रर्द्धनमा लागेका छन् ।

गीतसंगीतबाट हुने कमाइबाट राजधानीको गुजारा संगीतकार सापकोटले राम्रोसँग गर्दै आएका छन् । भन्छन्, ‘पत्रकार बन्ने कति ठूलो धोको थियो । तलव सुनेपछि दिक्क लाग्यो । आफ्नै कम्पनी खोलेर काम थाले ।’ संगीतकार सापकोटा आफैले पनि तीन सयभन्दा धेरै गीतसंगीत सिर्जना गरिसकेका छन् । उनको कार्यालय अनामनगरमा छ ।

‘एकोहोरो हुँदै थिएँ म…’, सम्झना आउँछ नि…’, ‘न्यायाधीश…’, कस्तो थिएँ कस्तो भएँ…’ लगायतका गीतहरू उनका चलेका गीतको सूचीमा पर्छन् । सरल र सहज स्वभावका संगीतकार सापकोटाले फिल्मको गीतमा भने संगीत दिएका छैनन् ।

‘लोक तथा दोहोरी र आधुनिक गीतमा संगीत गरेको छ । गीत लेखेको छु’, उनले भने, ‘०६७ सालदेखि निरन्तर गीतसंगीतमा नै सक्रिय छु ।’ संगीतकार सापकोटा बेलाबेला आफू पनि म्युजिक भिडियोमा मोडलिङ गरेको पनि बताउँछन् । भन्छन्, ‘मोडलिङ गर्ने रहर पनि लाग्छ ।’

संगीतकार सापकोटाले जनता डिजिटलबाट गीतसंगीतलाई युट्युबमा राख्ने, गीत तयार पार्ने, बजार प्रवद्र्धन र म्युजिक भिडियो बनाउन आवश्यक पर्ने क्यामरासहितका सामान पनि उपलब्ध गराउँदै आएका छन् ।