५ कार्तिक २०८३, बिहिबार

नाङ्गिन अस्वीकार गरेकी नायिका

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसञ्जलस । हलिउड फिल्मका लागि नग्न दृश्य असहज विषय होइनन् । अधिकांशले त्यस्ता दृश्यका लागि नाईं नास्ती पनि गर्दैनन् । यसको मतलब यो होइनकी हलिउड कलाकारहरू जुनकुनै फिल्मका लागि नग्नता पस्कन तयार हुन्छन् । उनीहरूले फिल्मको स्क्रिप्ट अनुसार गर्ने/नगर्ने निर्णय लिन्छन् ।

ओस्कार विजेता सुन्दर हलिउड अभिनेत्री पेनोलेप क्रुजले थुप्रै फिल्ममा कथा अनुसार नग्न दृश्य दिएकी छन् । सो गर्न उनलाई कुनै आपत्ति छैन, तर त्यसका लागि उनी मनको कुरा सुन्छिन् ।

सबै फिल्ममा उनी नग्न दृश्य दिन तयार हुनन् । हालै प्रकाशित एक अन्तर्वार्तामा उनले हलिउडको डेब्यू नग्न दृश्यका कारण छोडेको खुलासा गरेकी छन् । अन्तर्वार्तामा उनले अडिसन लिनुअघि फिल्मका निर्माताहरूले नग्न दृश्य गर्नुपर्ने सर्त राखेपछि फिल्म छाडेको उनले बताएकी छन् ।

क्रुजले २१ वर्षको उमेरमै पाएको सो हलिउड फिल्मको प्रस्ताव ठूलो भएपनि मनको आवाज सुनेर अस्वीकार गरेको बताइन् । फिल्ममा उनी प्रमुख भूमिकाका लागि रोजिएकी थिइन । फिल्मको स्क्रिप्ट पनि दमदार थियो । फिल्मको अडिसनका लागि उनले चार महिना अंग्रेजी सिक्नमा खर्चेकी थिइन् । अडिसनका लागि लस एञ्जल्स पुग्दा उनलाई पहिले बताइएभन्दा अर्कै कुरा भनियो ।

‘जब म त्यहाँ पुगे, उनीहरूले मेरो अनुबन्धमा नयाँ कुरा थप्ने भन्दै अफिस आउन भने । जब म अफिस पुगे, उनीहरूको नयाँ अनुबन्धको सर्त सुनेर मैले आफू अपमानित भएको महशुस गरें’, उनले भनिन्, ‘उनीहरूले मलाई स्क्रिन टेस्ट दिने भए तिमीले फिल्मका लागि नग्न दृश्य दिनुपर्नेछ भने, जुन स्क्रिप्टमा पहिले राखिएको थिएन ।’

फिल्मवालाको यो नयाँ सर्त उनलाई मान्य भएन । उनले प्राप्त मौकाले हलिउडमा खोल्ने सम्भावनाको बाटो छोडेर मनको आवाज सुनिन् । मौका ठूलो हो भन्दै आफ्नो स्वाभिमानसँग सम्झौता गरिनन् ।

‘मैले उनीहरूलाई म उड्नुभन्दा अगाडि किन यो कुरा नभनेको भनेर सोधे ? यसअघि पनि त्यस्ता दृश्य भएका फिल्म गरेकी थिएँ र यसपटक म फेरि त्यहीबाट जान चाहँदैनथेँ । मैले त्यो बेला अगामी केही वर्ष म मेरो मनले नगर भनेको कुरा नगर्ने निर्णय गर्ने सोचिसकेको थिएँ’, उनले भनिन् ।

उनको फैशला सुनेर फिल्मका निर्देशक रिसले चुर भए । तर, उनले मनको कुरा सुन्दै पूर्वनिर्धाति स्क्रिन टेस्ट दिइनन् । ‘मैले त्यो फिल्म पाइन । आज म ४४ वर्षको लागिसकें तर मलाई त्यो क्षणले आज पनि गौरव महशुस गराइरहन्छ । मैले त्यो क्षणमा जुन दिन म मर्नेछु, त्यो दिन पनि त्यो क्षण सम्झिनेछु भनेर सोचे’, उनले भनिन्, ‘त्यो क्षण मलाई अझै विशेष लाग्छ, त्यसले मलाई थप बलियो बनायो । त्यो नोपछि मेरो जीवनमा थुप्रै यसहरू आए ।’ एजेन्सी