२ कार्तिक २०८३, सोमबार

धादिङ्गमा खुले एनआईसी एशिया बैंकका तीन नयाँ शाखा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । धादिङ्गमा एनआईसी एशिया बैंकको तीन नयाँ शाखा कार्यालयहरु खुलेका छन् ।

धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोला शाखा, धुनिबेशी न.पा. वडा नं. ६, धार्के स्थित धार्के शाखा र थाक्रे गाउँपालिका वडा नं.६, महादेवबेशी स्थित महादेवबेशी शाखा खुलेको बैंकले जनाएको छ ।

खानीखोला र धुनिबेशी शाखाको धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले उद्घाटन गरेका छन् । यस्तै महादेवबेशी शाखाको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले बुधबार उद्घाटन गरेका हुन् ।