
काठमाडौं, ३० साउन । माछापुच्छ्रे बैंक लिमिटेडले मुस्ताङ्गमा ४ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले मुस्ताङ्गको मार्फा, कागबेनी, लेते र लोमन्थाङ्ग गरी ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म २५ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।















प्रतिक्रिया