१० कार्तिक २०८३, मंगलबार

गल्फको रिटेलर्स मिटमा बाँडियो भिटारा ब्रेजा कार र मोटरसाइकल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौंको वितरक एभ ट्रेडिङ प्रालिसँग मिलेर मंगलबार रिटेलर्स मिट सम्पन्न गरेको छ ।

उक्त रिटेलर्स मिटमा दुई पांग्रे तथा चार पांग्रे सवारी साधनका करिब ३ सय मेकानिक्स तथा लुब्रिकेन्ट्स विक्रेताहरु सहभागी थिए ।
सो अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपानेले मेकानिक्सहरुले सही लुब्रिकेन्टको पहिचान गर्नु पर्ने आवश्यकतामा जोड दिदै सडक सुरक्षाका लागि कन्डिसनयुक्त सवारी साधन सडकमा गुडाउनका लागि मेकानिक्सको महत्वपूर्ण भूमिका हुने बताए ।

एभ ट्रेडिङ प्रालिका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले आगामी स्किमको वारेमा जानकारी दिदै सधै जस्तै आगामी दिनमा पनि साथ दिन रिटेलर्सहरुलाई आग्रह गरे ।

नेपाल ल्युब आयल लिमिटेडले एभ ट्रेडिङ प्रालि अन्तर्गतका डिलरहरु मध्ये आर्थिक वर्ष २०७४/७५ मा धेरै लुब्रिकेन्ट्स वितरण गर्ने र आगामी आर्थिक वर्ष २०७५/७६ का लागि समेत प्रतिवद्धता ब्यक्त गर्ने वितरकहरुलाई विभिन्न पुरस्कार वितरण गरेको छ ।
रिटेलरहरुलाई एलईडी टीभी, ल्यापटप, केटल आदि समेत प्रदान गरिएको थियो ।