
काठमाडौं, ३० साउन । बुधबार पनि सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक सयले घटेको छ । आज छापावाल सुन प्रतितोला ५६ हजारले कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ७ सयले किनबेच भइरहेको महासंघले जनाएको छ ।
केही दिनदेखि चाँदीको बजार स्थिर रहेको थियो । तर, बुधबार चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँले घटेर ७३० मा कारोबार भइरहेको छ ।















प्रतिक्रिया