पोखरा, ३० साउन । कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ महतगौंडास्थित ढुंगेसाँघुमा दर्जन युवाहरूको समूहले फिस्टेल ड्रिमपार्क बनाउन लागेको छ ।
१३ जना युवाहरूको समूह आयु ग्रुपले आयु ईन्टरटेनमेन्ट्स प्रालिको नामबाट २४ करोडको लागतमा र्पाक बनाउन लागेको हो । लगानीकर्ताहरू नयाँ प्रोजेक्टबाट उत्साहित बनेका छन् ।
ढुंगेसाँघु मेला लाग्ने स्थलको माथिल्लो क्षेत्रमा ड्रिमपार्क निर्माण गर्न लागिएको छ । तल्लो क्षेत्र खाली नै रहेकाले ढुंगेसाँघु मेलालाई भने आंशिक रुपमा मात्रै असर गर्नेछ ।
ड्रिमपार्क निर्माण गर्न लागेको कम्पनीले पुवा खोला जलविद्युत् आयोजना, ओखलढुंगामा मलुन हाईड्रोपावर र दार्चुलामा छेतीगार्ड हाइड्रोपावर बनाइरहेको कम्पनीका कार्यकारी अध्यक्ष कदम केसीले बताए ।
ड्रिम पार्क एक वर्षभित्र बनाईसक्ने लक्ष्य राखिएको छ । पोखरा लेखनाथ महानगरपालिका वडाध्यक्ष तीर्थराज अधिकारीले बिहीबार ड्रिमपार्कको शिलान्यास गरेका छन् । ६५ रोपनी क्षेत्रफलमा बन्ने यो ड्रिमपार्कमा ३० वटा छुट्टाछुट्टै ईभेन्ट रहनेछ ।
बालबालिकाका लागि किड्स जोन, युवाहरूका लागि युथ जोन र उमेर पुगेकाहरूका लागि एडल्ट जोन ड्रिमपार्कमा बनाइनेछ । वाटर जोन पनि किड्स, युथ र एडल्ट तिनै उमेर समूहलाई हुनेगरी वाटर स्प्लास, वाटर स्लाईड सहित डिजाइन गरिएको छ ।















प्रतिक्रिया