काठमाडौं । फिल्म मेकर छविराज ओझाले दाङको घोराहीमा फिल्म वर्कसप सञ्चालन गर्ने भएका छन् । वर्कसपका लागि ओझा छिट्टै दाङ जानेछन् ।
काठमाडौंको मैतीदेवीमा रहेको कान्तिपुर फिल्म एकेडेमी सञ्चालन गर्दै आएका ओझाले घोराहीमा वर्कसप सञ्चालन गर्ने तयारी गरेका हुन् । फिल्म अभिनेता एवम् निर्माता गणेश बेल्वासेका अनुसार ‘प्रेमनाथ’ फिल्मका कलाकारका साथै इच्छुक स्थानीयलाई पनि वर्कसपमा सहभागी गराइनेछ ।
भदौ ७ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने वर्कसपमा फिल्म मेकर छविराज ओझा, सुरज पुरीसहितकाले प्रशिक्षण दिनेछन् । वर्कसपमा राज थापा, अरुण बेल्वासेको पनि सहभागिता रहनेछ ।
अभिनेता एवम् फिल्म मेकर गणेश बेल्वासेको डेब्यु निर्देशनमा बन्न लागेको ‘प्रेमनाथ’का कलाकारहरूलाई वर्कसपमा प्राथमिकता दिइनेछ ।
फिल्म मेकर छविराज ओझाले दाङ जिल्लामा पहिलो पटक वर्कसप गर्न लागेका हुन् । ओझा घोराही जाने भएपछि बेल्वासेले पनि धमाधम तयारी गरेको जनाएका छन् ।















प्रतिक्रिया