५ कार्तिक २०८३, बिहिबार

यी हुन् विदेशी ज्वाइँ भित्र्याउने नायिकाहरू

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका अभिनेत्रीहरूले विदेशी नागरिकहरूसँग विवाह गरेका छन् । बलिउडकी ‘देशी गर्ल’ प्रियंका चोपडाको दिल विदेशी युवकले चोरेका छन् । उनीहरू यही वर्ष बिहे गर्ने तयारीमा छन् ।

विदेशीसँग विवाह गर्ने सूचीको पहिलो नम्बरमा माधुरी दीक्षित आउँछिन् । माधुरीको फिल्मीयात्रा सुपरहिट रह्यो । माधुरी र सञ्जय दत्त प्रेममा थिए, उनीहरू बिहे गर्नेवाला थिए । तर, सञ्जयको नाम मुम्बई बम हमलामा मुछियो र माधुरीको सञ्जयसँग दूरी बढ्यो । त्यही वर्ष १९९९ मा माधुरीले डा। श्रीराम माधव नेनेसँग बिहे गरिन् ।

बलिउडकी ‘डिम्पल गर्ल’ प्रिटी जिन्टाको सौन्दर्यका सामु जो–कोही घायल हुन्छन् । प्रिटीले आफ्नो फिल्मी करियरमा ‘कल हो ना हो’, ‘वीर जरा’, ‘दिल चाहता है’जस्ता सुपरहिट फिल्म दिइन् । त्यसपछि उनले अमेरिकी व्यापारी जिन गुडइनफसँग सन् २०१६ मा विवाह गरिन् । यी दुईजना लामो समयदेखि प्रेमसम्बन्धमा थिए ।

वेब सिरिज तथा बलिउड फिल्ममा दमदार अभिनयका कारण फरक परिचय बनाएकी अभिनेत्री राधिका आप्टेले पनि जीवनसाथीका रूपमा विदेशी व्यक्ति रोजिन् । राधिका हाल फिल्म ‘प्याडम्यान’मा बलिउडका ‘खेलाडी कुमार’ अक्षयकुमारसँग देखिएकी थिइन् । उनले सन् २०१२ मा बेलायती संगीतकारसँग बिहे गरेर घरजम गरेकी हुन् । एजेन्सी