२ कार्तिक २०८३, सोमबार

प्रभुलाईफ ईन्स्योरेन्स कम्पनीसँग एनआईसी एशिया बैंकको बैंकास्योरेन्स सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । एनआईसी एशिया बैंक लिमिटेडले प्रभु लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौताअनुसार अब बैंककाग्राहकहरुले मुलुकभरका २ सय ३७ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफइन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिदगर्न सक्ने भएका छन् ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले हस्ताक्षर गरे ।

बैकका हालसम्म २ सय ३७ शाखाकार्यालयहरु, २ सय ३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरु रहेका छन् ।