२१ कार्तिक २०८३, शनिबार

स्याङजाका दलित समुदायलाई पञ्चेबाजा प्रदान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ, २९ साउन । स्याङ्जाको भीरकोट नगरपालिका–९ वडाले दलित समुदायलाई पञ्चेबाजा सहयोग गरेको छ ।

लोप हुने अवस्थामा रहेका कारण त्यसको संरक्षण गर्ने उद्देश्यले दलित समुदायलाई रु एक लाख पचास हजार बराबरको पञ्चेबाजा सहयोग गरिएको वडाध्यक्ष भीमबहादुर गुरुङले बताए । ‘दलित समुदायले माग गरेपछि सहयोग गरेका हौँं’, उनले भने ।

बाजा बजाउने पेशा अँगाल्दै आएको सो वडाको दलित समुदाय पेशाबाट विस्थापित हुँदै गएको अवस्थामा संरक्षण गर्न दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल र नरसिंहा प्रदान गरिएको हो ।

विगतदेखि नै विवाह तथा अन्य चाडपर्वमा भीरकोट–९ को दलित समुदायले पञ्चेबाजा बजाउँदै आएको छ ।