२१ कार्तिक २०८३, शनिबार

लागूऔषध खैरो हिरोइनसहित कपिलवस्तुमा एक जना पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कपिलवस्तु, २८ साउन । लागूऔषध खैरो हिरोइनसहित कपिलवस्तुमा एक युवक पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा ३६ पुरिया खैरो हिरोइनसहित बुद्धभूमि नगरपालिका २, शिवशक्ति टोल (गोरुसिंगे) का २८ वर्षीय राम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा फेला परेका विकको शरीर तलासी गर्दा १.०८ ग्राम (३६ पुरिया) खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।

विकले निलो जिन्स पाइटको अगाडिको बायाँ खल्तीमा कालो प्लाष्टिकको पोकामा पत्रिकाको कागजमा पुरिया बनाई राखेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक यादवले बताए ।

पक्राउ परेका विकलाई लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।