२१ कार्तिक २०८३, शनिबार

लागूऔषधसहित एक जना पक्राउ 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पर्सा, २८ साउन । पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका १६ स्थित रजत जयन्ती चोकबाटे विभिन्न किसिमका लागऔषधसहित एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वार्टर पर्सा नम्बर १४ बाट खटिएको टोलीले लम्जुङ्ग जिल्लाको जोर्नी डाँडा बस्ने १९ वर्षिय सुभाष घलेलाई पक्राउ गरेको हो ।

गस्तीमा खटिएको एपीएफ टोलीले उक्त स्थानमा घलेलाई शंका लागि जाँच गर्दाे शरीरमा टेपले बेरेर डाईजोल्याप ६९ वटा, नोफ्रिन ७२ वटा र फेनारगन ७१ वटा लुकाई राखेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका घलेलाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।