४ कार्तिक २०८३, बुधबार

बजाजको नयाँ मोडेल ‘पल्सर १५० ट्विन डिस्क’ नेपालमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चन्द्रौटा (कपिलवस्तु), २८ साउन । नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल ब्राण्ड बजाजले नेपालमा पल्सर १५० को नयाँ मोडल लन्च गरेको छ । ट्विन डिस्क ब्रेक, आकर्षक डिजाइनमा निर्मित नयाँ मोडेल देशभर नै लन्च गरिएको छ ।

सोही क्रममा कपिलवस्तुको चन्द्रौटास्थित जिनत अटो मोटिभ्सले बजाजको ‘पल्सर १५० ट्विन डिस्क’ एक कार्यक्रमकाबीच लन्च गरेको छ । अटो मोटिभ्सका प्रोप्राइटर फरहान खान, एमडी फुरकान खान, केएच इँटा उद्योगका प्रोप्राइटर सर्फराज खानले संयुक्त रुपमा बेलुन उडाएर लन्च गरेका छन् ।

पल्सर १५० को लन्च गर्दै प्रोप्राइटर फरहानले बजाजको यो मोडेल आधुनिक एवं आकर्षक डिजाइन भएको र बढी माइलेज दिने भएकाले युवा पुस्ताको रोजाईमा पर्ने विश्वास व्यक्त गरे । बजाजको नयाँ पल्सर १५० मा ब्रेकिङ क्षमता बढाउन ट्विन डिस्कको लगाइएको छ ।

उनका अनुसार भर्खरै लन्च भएको पल्सर १५० मा आरामदायी सवारी सुनिश्चितताका लागि नाइट्रोक्स सन्स्पेन्सनको प्रयोग गरिएको छ भने सजिलै स्टाट र एकनासको प्रकाशको लागि डिसी इग्निसन तथा लाइटिङ सिस्टम जडान गरिएको छ । अझ राम्रो रोड ग्रिप र सुरक्षाका लागि वाइड ट्यूबलेस टायरहरुको प्रयोग गरिएको फरहानले बताए ।

यो मोटरसाइकल तीन आकर्षक रङहरुमा निकालिएको जिनत अटो मोटिभ्सका एमडी फुरकान खानले जानकारी दिए । नयाँ मोडेलको पल्सर १५० ब्लैक–ब्ल्यू, ब्लैक–रेड र ब्लैक–क्रोम कलरमा निकालिएको छ’, उनले भने । सीमित अवधिका लागि नेपालमा लन्च भएको पल्सर १५० ट्विन डिस्कको नेपाली मूल्य २ लाख ५५ हजार ९ सय पर्ने बताइएको छ ।