४ कार्तिक २०८३, बुधबार

सिटिजन्सद्वारा मालिका बाल विद्यालयलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । योर पार्टनर फर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ गरी अनवरत नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु-याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कञ्चनपुरको श्री मालिका बाल विद्यालयका दुईजना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, महेन्द्रनगर शाखाका प्रबन्धक नरेन्द्र चन्दले कंचनपुरको भीमदत्त नगरपालिका वडा नं २, भासीमा रहेको श्री मालिका बाल विद्यालयका प्रिन्सिपल देवचन्द्र उपाध्यायलाई रू ५१ हजार ६ सय ५० को चेक हस्तान्तरण गरेका हुन् ।

उक्त रकमबाट विद्यालयको कक्षा ६ मा अध्ययनरत दिनेश पन्तलाई रू २६ हजार २ सय तथाकक्षा ५ माअध्ययनरत महेन्द्र रानालाई रू २५ हजार ४ सय ५० को छात्रवृति प्रदान गरिनेछ ।