काठमाडौं, २८ साउन । कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपतको प्रयास गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् । अफू निकटका केही कर्मचारीको सरुवाको सूची लिएर भण्डारी आईतबारदिउँसो ४ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेका थिए ।














प्रतिक्रिया