१२ कार्तिक २०८३, बिहिबार

यी महिला कुनै बेला विवाहित रहेको खुलासा, खोसियो पदवी

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । अखिल भारत विद्वत् परिषद्द्वारा शंकराचार्य घोषित हेमानन्द गिरी (हेमा ढुंगाना) विवाहित भएको र १० फागुन ०६९ मा उनको सम्बन्धविच्छेद भएको अदालती कागजात फेला परेको छ ।

शंकराचार्यका लागि अविवाहित र आजीवन ब्रह्मचारी रहनुपर्ने धार्मिक कानून छ । यो र वेदवेदान्तको अध्ययन नभएका कारण काशी विद्वत् परिषद्ले उनलाई ज्योर्तिर्मठ (उत्तराखण्ड)का लागि शंकराचार्य हुन अयोग्य ठहर गरेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अदालती कागजातअनुसार हेमा र कृष्णप्रसाद ढकालबीच १६ फाुगन ०५६ मा सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।

उनका पति ढकाल ०४४ सालमा नेपाल प्रहरीमा जागिरे थिए भने ०६२ सालमा अवकाश पाएर रोजगारीका सिलसिलामा नर्बे गएका थिए ।

मोरङ पथरीकी हेमा विवाहपछि पनि आमा एक्लै भएको कारण देखाएर प्रायः माइतीमै बसेको बयान ढकालले अदालतमा दिएका थिए ।

रोजगारीका क्रममा आफूले ९० लाख रुपैयाँ पठाएको र त्यसको हिसाब खोज्दा योगामा लागेर सबै खर्च गरेको जवाफ दिएको पनि ढकालले बयान दिएका थिए ।

हेमाले चपली गाविस काठमाडौंमा ३ आना जग्गा किनेको र त्यहाँ तीनतल्ले घर बनाएको पछि थाहा पाएको पनि ढकालले बयानमा उल्लेख गरेका थिए ।

हेमाले पटकपटक सम्बन्धविच्छेद गर्ने चेतावनी दिएपछि आफू पनि तयार भएको उनको भनाइ थियो । ढकालले चपलीमा रहेको कित्ता नम्बर १७२४ रहेको तीन आनामा बनेको घर हेमाकै नाममा राख्ने गरी सम्बन्धविच्छेद गर्न तयार भएको लिखित बयान दिएका थिए ।

हेमाले पतिबाट मानसिक तनाब झेलिरहेको बयान दिएकी थिइन् । तर, पतिले अस्वीकार गर्दै आएका थिए ।

न्यायाधीश श्रेष्ठले अंशबन्डासम्बन्धी महल नम्बर १८३ अनुसार दुवै पक्षबाट २५–२५ रुपैयाँ मुद्दाको लगत कट्टी गरेर सम्बन्धविच्छेदको फैसला गराएका थिए ।

नेपाल सन्त समाजले नेपालमा शंकराचार्य मठ नभएको र हेमानन्द गिरी शंकराचार्यका लागि उपयुक्त नभएको भन्दै आपत्ति जनाएको छ ।

शनिबार विज्ञप्ति जारी गरी समाजले हेमानन्द दण्डी सन्न्यासी नभएको, वेदवेदान्तको अध्ययन नभएको भन्दै काशी विद्वत् परिषद्ले आवेदन खारेज गरिसकेको स्मरण गराउँदै उनी शंराचार्य हुन नसक्ने स्पष्ट पारेको छ ।

ज्योतिषपीठ उत्तराखण्डमा शंकराचार्य खाली भएको, नेपालमा शंकराचार्य मठ नभएको र यो नियुक्तिको आधिकारिक संस्था अखिल भारत विद्वत् परिषद् नभएको भन्दै समाजले शंकराचार्यको अपेक्षा नगर्न पनि महामण्डलेश्वर गिरीलाई आग्रह गरेको छ ।