
काठमाडौं, २५ साउन । सयपत्री हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने भएको छ ।
सयपत्री हाइड्रोले बागलुङ जिल्लाका आयोजना प्रभावित स्थानीयबासीका लागि ३ लाख कित्ता साधारण सेयर गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता सयका दरले ३ करोड रकम बराबर आईपीओ जारी धितोपत्र बोर्डमा आवेदन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित र सर्वसाधारण गरी कुल ९ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीका अनुसार पहिलो चरणमा आयोजना प्रभावितका लागि ३ करोड रकम बराबरको आईपीओ जारी गरिनेछ ।















प्रतिक्रिया