
काठमाडौँ । गायिक सुष्मा रुपाखेती र कलाकार दिवस पाण्डेले तीजको कोशेली ‘यसपालीको तीजमा’ बजारमा ल्याएका छन् ।
सुष्माले यसअघि तीजको दुई वटा, दशैँको एउटा, सदाबहार गीत २ वटा बजारमा ल्याइसकेकी छन् । यो उनको छटौँ गीत हो ।
राजकुमार बानियाँको लय/शब्द रहेको गीतमा सुष्मा र राजकुमारकै स्वर रहेको छ । विक्रम चौहानले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा दिवस पाण्डे, पुजन घिमिरे, गायक÷गायिका बानियाँ र रुपाखेतीको स्वयंको पनि अभिनय रहेको छ ।
प्रकाश खड्काले क्यामरा चलाएको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् । उत्पादन र वितरणको जिम्मा जलेश्वरी म्युजिक प्रालिले लिएको छ ।
हेर्नुहोस् भिडियो















प्रतिक्रिया