१२ कार्तिक २०८३, बिहिबार

भदौ पहिलो साता तल्ला कमिटी एकीकरण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला तहमा एकीकरण टुंग्याएर दोस्रो सातासम्म केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको सचिवालय बैठकले एकीकरण टुंग्याएर दोस्रो साताभित्र ४ सय ४१ केन्द्रीय सदस्यलाई काममा खटाउने गरी कार्यविभाजन गर्ने निर्णय गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला तहको एकीकरण टुंग्याउँछौँ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘८ र ९ भदौमा बस्ने स्थायी समिति बैठकमा सम्पूर्ण केन्द्रीय सदस्यको कार्यविभाजन प्रस्ताव पेस भएपछि दोस्रो साताभित्र नयाँ जिम्मेवारीका साथ पार्टी पंक्तिलाई परिचालित गर्ने तयारी छ ।’

बैठकले पार्टी एकीकरण कार्यदललाई प्रतिवेदन बुझाउने अन्तिम समयसीमा २५ साउनबाट बढाएर मसान्तसम्म पु-याएको छ ।