४ कार्तिक २०८३, बुधबार

आज पनि ओरालो लाग्यो सेयर बजार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ साउन । सेयर बजार बिहीबार पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक हजार १८० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको सेयरमापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.३७ बिन्दुले घटेर २४९.१३ बिन्दुमा पुगेको छ ।

आइतबारदेखि सामान्य अंकमा घट्दै आएको बजार आज भने करिब सात अंकले ओरालो लागेको हो । स्टकका अनुसार आज कूल १६३ कम्पनीको आठ लाख ६९ हजार ३०७ कित्ता शेयर १९ करोड ६९ लाख ४५ हजार २७३ मूल्यमा खरिद बिक्री भएको छ ।

व्यापार उपसमूहको मात्रै आज शेयर बढेको छ । सो उपसमूहको शेयर २.११ बिन्दुले बढेको छ । अन्य उपसमूहको शेयर भने आज घटेका छन् । बैंकिङ ३.३७, होटल ३१.५२, विकास बैंक १.३१, जलविद्युत् १६.८८, वित्त ०.७, निर्जीवन बीमा ७०.०७, अन्य ०.४२, माइक्रोफाइनान्स १६.४७ र जीवन बीमा समूहको १०२.८३ बिन्दुले घटेको छ ।

आरम्भ माइक्रोफाइनान्स, साल्ट ट्रेडिङकर्पोरेशनका शेयरधनीले आज कमाएका छन् भने मल्टीपर्पस फिनान्स कम्पनी र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन् । -रासस